ल्याबोरेटरी स्कूलका २०२९ सालको ब्याचका विद्यार्थीहरुद्वारा अक्षय कोष स्थापना
काठमाडौं । कीर्तिपुरको ल्याबोरेटरी स्कुलबाट २०२९ सालमा एसएलसी दिएका विद्यार्थीहरुले यसै वर्ष निधन भएका आफूहरुका सहपाठी सानुराज राजकर्णिकारको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन्।
यस अक्षयकोषबाट प्रत्येक वर्ष यसै विद्यालयबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई पुरस्कृत गरिनेछ। उत्कृष्ट दुवै विद्यार्थीहरुले जनही १२-१२ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
वरिष्ठ अधिवक्त तथा पूर्व महान्यायाधीवक्ता सुशीलकुमार पन्तको अगुवाइमा यस विद्यालयका २०२९ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले रकम संकलन गरी अक्षय कोष स्थापना गरेका हुन् ।
यो अक्षयकोषबाट यस वर्ष छात्रा आयुशा थिङ र छात्र विशेष महर्जनले पुरस्कार पाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment