हिमाचल र उत्तराखण्डमा बाढी-पहिरोमा परी हालसम्म २३० जनाको मृत्यु
शिमला। हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षा र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। जुन महिनादेखि यी दुई राज्यमा २३० भन्दा बढीले ज्यान गुमाएका छन्। यति मात्र होइन यो साता यी दुई राज्यमा ८४ जनाको मृत्यु भएको छ।
हिमाचलमा पहिरोका कारण कम्तिमा ६८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन्। शिमलाको समरहिल क्षेत्रमा भीषण पहिरोमा परेर बेपत्ता भएका २१ जनामध्ये १४ जनाको शव निकालिएको छ।
सोही उही समयमा कांगडाको फतेहपुर र इन्दोरा क्षेत्रमा बाढीमा फसेका ३०८ जनालाई बाहिर निकालिएको थियो। आज बिहानैदेखि राहत कार्य सुरु भएको छ।
मण्डी कुल्लु र सेन्ज औट राष्ट्रिय राजमार्ग सहित ८७५ सडकहरू बन्द छन् भने १२ सय बस मार्गहरू अवरुद्ध छन्।
सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले हिमाचल प्रदेशमा भारी वर्षा, पहिरोले भएको विनाश माथि राजनीति गर्नुको सट्टा सबैले मिलेर काम गर्नुपर्ने बताए। उनले कांग्रेसलगायत सबै राजनीतिक दललाई राजनीति छोडेर जनताको सहयोगमा लाग्न आग्रह गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment