चन्द्रयान–३ ले पठायो चन्द्रमाको पछिल्लो तस्विर
काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शुक्रबार चन्द्रयान–३ बाट पठाएको चन्द्रमाको पछिल्लो तस्विर सार्वजनिक गरेको छ ।
यी तस्बिरहरू हिजो अर्थात बिहीबार नै आफ्नो प्रोपल्सन प्रणालीबाट अलग भएको चन्द्रयान–३ को ल्यान्डरले खिचेका हुन् ।
अब चन्द्रयान–३ को ल्यान्डर चन्द्रमाको सतहतर्फ जान थालेको छ र आगामी दिनमा यो बिस्तारै चन्द्रमामा अवतरण हुनेछ ।
चन्द्रयान-३ बाट पठाइएका यी तस्विरहरूमा चन्द्रमाको सतहमा गहिरो खाडलहरू देखिन्छन्, जसलाई क्रेटर भनिन्छ।
यी तस्बिरहरू गत अगस्ट १५ मा खिचिएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment