रुसको लुना–२५ ले पनि पठायो चन्द्रमाको नयाँ तस्वीर
काठमाडौं । भारतको अन्तरिक्ष मिशन चन्द्रयान–३ जस्तै रुसी अन्तरिक्ष मिशन लुना–२५ ले पनि चन्द्रमाको सतहको नयाँ तस्बिर पठाएको छ ।
रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले टेलिग्राममा यो तस्विर सेयर गरेको छ । यस तस्विरमा पनि चन्द्रमाको सतहमा गहिरो खाडलहरू देखिन्छन्, जसलाई क्रेटर भनिन्छ।
यसमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै रहेको जीम्यान क्रेटर समावेश छ। यो क्रेटर पृथ्वीबाट देख्न सकिँदैन।
खगोलविद्हरूको जीम्यान क्रेटरमा गहिरो चासो छ। यसको भित्तो ८ किलोमिटर लामो छ र यस खाडलमा ७ हजार ५७० मिटर उचाइ रहेको पहाड छ ।
पृथ्वीको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्टको उचाई ८८५० मिटर छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment