प्रहरी बुलडोजर लिएर आएपछि गोलीकाण्डका आरोपीले डराएर आत्मसमर्पण गरे

डिसी नेपाल
२ भदौ २०८० १५:४०
644
Shares

काठमाडौं । अमेरिकाको टेक्सासमा चार अधिकारीमाथि गोली प्रहार गर्ने अभियुक्तको घरमा स्वाट टोलीले बुलडोजर चलाएको छ । घरमा बुलडोजर चलेको देखेर अभियुक्तले आत्मसमर्पण गरे । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।

३४ वर्षीय टेरान ग्रीनलाई २४ घण्टामा चार प्रवर्तन अधिकारीलाई गोली हानेर घाइते बनाएको आरोप लागेको छ। आरोपीले बुधबार ट्राफिक स्टपमा ह्यारिस काउन्टी शेरिफका डेपुटीलाई गोली हानेका थिए। यसपछि उनी फरार भएका थिए ।

यसपछि प्रशासनले अभियुक्त विरुद्ध खोजी अभियान चलायो र उनको घर पुग्यो। अधिकारीहरूले घरभित्र पस्ने प्रयास गर्दा अभियुक्तले गोली चलाएका थिए। जसमा तीन जना अधिकारी घाइते भएका छन् ।

टेरानले कभरबाट फायर गरिरहेका थिए। यस्तो अवस्थामा उनीमाथि जवाफी कारबाही हुन सक्दैन । उनलाई पक्राउ गर्न केही घण्टाको प्रयास असफल भएपछि प्रशासनले अभियुक्तको घरमा बुलडोजर चलाउने निर्णय गरेको थियो ।

स्वाट टोलीले अभियुक्तको घरमा बुलडोजर प्रयोग गर्न थालेपछि उनले आत्मसमर्पण गरे। यसपछि उनलाई पक्राउ गरिएको हो ।

भिडियोमा अभियुक्त बुलडोजरमाथि बसेर घरबाट बाहिर निस्केको देख्न सकिन्छ । उनको गिरफ्तारी अघि, टेरानको जानकारी दिनेको लागि २० हजार डलरको इनाम पनि प्रस्ताव गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *