पाकिस्तानकी पूर्वमन्त्रीले भनिन् ‘रातमा मेरी छोरीको अपहरण गरियो’

डिसी नेपाल
३ भदौ २०८० १४:२०
140
Shares

काठमाडौं । पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीकी पूर्व नेता शिरीन मजारीले आफ्नी छोरीलाई राती सादा पोशाकका प्रहरीले अपहरण गरेको आरोप लगाएकी छन्।

उनले ट्विट गरिन्, “महिला प्रहरी र सादा लुगा लगाएका केही पुरुषहरूले हाम्रो घरको ढोका तोडेर मेरी छोरीलाई लगेका छन्। उनीहरूले हाम्रो सुरक्षा क्यामेरा, ल्यापटप र उनको फोन लगेका छन्। हामीले उनीहरूलाई केका लागि आएको हो भनी सोध्दा इमानलाई तानेर बाहिर निकालियो।”

मजारीले लेखिन्, “उनीहरूले पूरै घर खोजे। मेरी छोरी आफ्नो रातको लुगामा थिइन्। उनले लुगा फेर्न दिन आग्रह गरिन् तर उनीहरूले उनलाई तानेर लगे। उनीहरूसँग कुनै वारेन्ट थिएन र कुनै कानुनी प्रक्रिया पालना गरेनन् । यो सरकारको तानाशाहीहो । याद राख्नुहोस् हामी दुई महिला घरमा बस्छौं। यो एक प्रकारको अपहरण हो।”

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि मे ९ मा हिंसा भड्किएको थियो । यो हिंसापछि शिरिन मजारीले पार्टी र राजनीति दुवै छोडिन् । हिंसापछि उनी पटकपटक पक्राउ परेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *