ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि रिपब्लिकन पार्टीको बहसमा भाग नलिने
FILE - Former President Donald Trump speaks at Trump National Golf Club in Bedminster, N.J., June 13, 2023, after pleading not guilty in a Miami courtroom earlier in the day to mishandling classified documents. A pretrial conference Tuesday, July 18, to discuss procedures for handling classified information will represent the first courtroom arguments in the case before U.S. District Judge Aileen Cannon since Trump was indicted five weeks ago. (AP Photo/Andrew Harnik, File)
काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीसँगको बहसमा भाग नलिने बताएका छन् ।
पूर्व राष्ट्रपतिले नयाँ सर्वेक्षणले २०२४ को चुनावमा पार्टीको उम्मेदवार बन्न अन्य प्रतिद्वन्द्वीहरूको तुलनामा आफूसँग ‘ठूलो संख्यामा’ समर्थन रहेको देखाएको बताए ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने, ‘जनतालाई थाहा छ म को हुँ र मेरो राष्ट्रपति कार्यकाल कत्तिको सफल भयो ।’
रिपब्लिकन पार्टीले आफ्नो राष्ट्रपतिको उम्मेदवार छनोट गर्न अगस्ट २३ मा पहिलो बहस गर्नेछ। दोस्रो बहस सम्भवतः अर्को दिन हुनेछ। आगामी महिनाहरूमा कम्तिमा दुई थप बहसको अपेक्षा गरिएको छ।
आयोवा राज्यमा रिपब्लिकन प्राथमिक चुनावको लागि मतदान जनवरी १५, २०२४ मा सुरु हुनेछ।
हालैका सर्वेक्षणहरूले धेरै आपराधिक आरोपहरूको सामना गरिरहेका ट्रम्प अहिले रिपब्लिकन उम्मेदवारको दौडमा अगाडि रहेको खुलासा गरेको छ।
आइतवार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा एक पोस्टमा ट्रम्पले लेखे, “हालैको नयाँ सीबीएस पोलले मलाई “महत्त्वपूर्ण रूपमा उच्च” संख्याको आधारमा अगाडि देखाएको छ।”
उनले भने कि फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस लगायत धेरै अन्य दावेदारहरू धेरै पछाडि छन्।
उनले लेखेका छन्, “जनतालाई थाहा छ म को हुँ र मेरो कार्यकाल कत्तिको सफल भयो। मेरो पालामा सीमा र सेना बलियो थियो । मेरो सरकारमा अहिलेसम्मकै सबैभन्दा ठूलो कर नियमन र कटौती भयो । त्यहाँ कुनै महंगी थिएन । इतिहासमा सबैभन्दा बलियो अर्थतन्त्र मेरो शासनकालमा भयो।”
“त्यसैले म बहसमा सामेल हुने छैन।”
ट्रम्पले हालैका महिनाहरूमा बारम्बार सुझाव दिएका छन् कि उनी रिपब्लिकन बहसमा भाग लिने छैनन्।
उनले सर्वेक्षणलाई उद्धृत गरे जसमा उनले अन्य उम्मेदवारको तुलनामा बढी जनसमर्थन पाएको देखाइएको छ। यससँगै उनले प्रस्तावित मध्यस्थता र बहसको स्थल आफूलाई ‘प्रतिकूल’ हुन सक्ने गुनासो गरेका थिए ।







डिसी नेपाल







Facebook Comment