मिजोरममा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु, धेरै फसेको आशंका

डिसी नेपाल
६ भदौ २०८० १३:१५
1.4k
Shares

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कैयौँ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

मिजोरमको सैराङ क्षेत्रमा बुधबार निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ मजदुरको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

प्रहरी अधिकारीले भने, ‘आइजवलबाट २१ किलोमिटर टाढा बिहान १० बजेतिर भएको घटनास्थलमा अरु धेरै मानिस फसेको आशंका गरिएको छ । त्यतिबेला त्यहाँ ३५ देखि ४० कर्मचारी उपस्थित थिए ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *