जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
सांकेतिक तस्बिर
कास्की। पोखरा महानगरपालिका–८ सृजनाचोक बस्ने मुस्ताङ घर भएका ५७ वर्षीय ईन्द्र बहादुर हिराचनको लक्ष्मी होटलमा जुवातास खेलिरहेको अवस्थामा हिराचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद ४ लाख ४७ हजार ८० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment