ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौ। ज्योति विकास बैंकले बिहीबारदेखि केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा सेयर संख्या भने खुलाइएको छैन।
सेयर खरिद गर्न इच्छुक संस्थापकले बिहीबारबाट ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । तोकिएको समयसम्म विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभए अन्य व्यक्ति, संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment