हिमालयन ८०-२० मा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
१५ भदौ २०८० १०:५७

काठमाडौं। ‘हिमालयन ८०-२०’ मा आवेदन दिने आज भदौ १५ गते शुक्रबार अन्तिम दिन हो।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०-२०’ को बिक्री खुला गरेको हो।

क्यापिटलले हिमालयन ८०-२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो। यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो। यस योजनाको परिवक्व हुने अवधि १० वर्ष रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *