सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

डिसी नेपाल
१५ भदौ २०८० ११:४९

काठमाडौ। सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आईपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।

योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक पाल एसबीआई मचेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सन नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *