बर्दिया कारागारबाट कैदी फरार

डिसी नेपाल
१७ भदौ २०८० १४:५९
144
Shares

बर्दिया। बर्दिया कारागार गुलरियाबाट आइतबार एक कैदी फरार भएका छन् ।

आइतबार बिहान ३ बजे कारागार भवनको छत चढेर पर्खालबाट हामफालेर कैदी अजित बुढाक्षेत्री फरार भएका प्रहरीले जनाएको छ । हत्या अभियोगमा जेल जीवन बिताइरहेका बुढाक्षेत्री फरार भएका हुन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

२०७१ सालमा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय भोगिरहेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *