लागुऔषधसहित एकजना पक्राउ

डिसी नेपाल
१८ भदौ २०८० १५:१८
224
Shares

कञ्चनपुर। बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ९५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही नगरपालिका–४ आमबगैया बस्ने ३८ वर्षीय राम सिंह बुडाल रहेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ८४१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *