भक्तपुरमा ६५ वर्षीया महिलाद्वारा आत्महत्या

डिसी नेपाल
१९ भदौ २०८० ११:३७
1.9k
Shares

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर सगरमाथा कोलोनी बस्ने प्रकास सत्यालको घरमा परिवारसहित डेरा गरी बस्ने एकजना ६५ वर्षीया महिलाले आत्महत्या गरेकी छन् ।

सुनसरी इटहरी उपमाहानगरपालिका वडा नं ६ घर भई हाल उक्त कोलोनीमा बस्ने बर्ष ६५ की सीतादेवी गडतौलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सोही घरसँग जोडिएको गणेश भण्डारीको ४ तले घरको छतमा रहेको फलामको भर्याङमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *