हत्या आरोपमा दुईजना पक्राउ

डिसी नेपाल
१९ भदौ २०८० १४:०३

मोरङ। विराटनगर महानगरपालिका-११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच वादविवाद भई कुटपिट भएको र दुवै पक्ष आ(आफ्नो घर गएकोमा हरि कुमालको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *