बलात्कार आरोपमा ३ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट तीनजना पक्राउ परेका छन् ।
बर्दियाको ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका–९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई बारबर्दिया नगरपालिका–४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, रूपन्देहीकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका–४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भोजपुरकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुम गाउँपालिका–२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Facebook Comment