पाकिस्तानमा वार्षिक ५८९ अर्ब रुपैयाँ बराबरको विद्युत् चोरी
काठमाडौं । पाकिस्तानको कार्यवाहक सरकारमा उर्जामन्त्री मोहम्मद अलीले देशभर बिजुली चोरी भइरहेको बताएका छन् । अधिकारीहरुको संलग्नताका कारण धेरैजसो घटना हुने गरेको उनको दाबी छ ।
बीबीसी उर्दूका अनुसार अलीले एक पत्रकार सम्मेलनमा भने, “पाकिस्तानमा वार्षिक ५८९ अर्ब रुपैयाँको बिजुली चोरी भइरहेको छ वा बिल असुली भएको छैन। यसले आम उपभोक्तालाई असर गरिरहेको छ।”
कार्यवाहक ऊर्जा मन्त्रीले विद्युत चोरी रोक्न र बक्यौता नतिरेसम्म जनताले सस्तो बिजुली नपाउने बताए । उनले भने, ‘प्रधानमन्त्रीको आदेशअनुसार विद्युत महसुल नतिर्नेलाई कारबाही हुन्छ ।’
अलीले भने, ‘विद्युत चोरीमा संलग्न वा बक्यौता असुली नगर्ने अधिकारीको सूची तयार गरेका छौँ ।’ कतै ६० देखि ८० प्रतिशत चोरी अधिकारीको संलग्नताले हुने गरेको उनले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment