बारामा बोल्न नसक्ने बालिका बलात्कृत

डिसी नेपाल
६ असोज २०८० २०:२९
104
Shares

बारा । बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन्।

११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो। लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *