सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै

डिसी नेपाल
७ असोज २०८० ८:३४
132
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। काठमाडौं जिल्ला अदालतमा लामिछाने विरूद्धको मुद्दा आज सुनुवाइ हुने सूचीमा रहेको छ।

झन्डै ६ महिनादेखि एक वा अनेक बहानामा पटक पटक पेसी तोकिँदै आए पनि अन्तिम फैसला नभई सर्दै आएको बेला आज पेशी तोकिएको हो।

गत असोज १ गते अगाडि लामिछानको सो मुद्दाको पेशी गत भदौ २१ गतेका लागि तोकिएको थियो। अन्तिम फैसला भनिएको उक्त पेशीका दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’ को यकिन जन्ममिति जनाउने कागज नभएकाले पुनः अर्को माग गर्ने आदेश दिए पछि त्यसपछि कुनै काम कारबाही अघि बढेको थिएन। सम्भवतः आजको पेशी पछि अन्तिम फैसाला हुने सक्ने अनुमान गरिएको छ।

यसैबीच सन्दीप विरुद्धकाे द्दामा आज सुनुवाइ हुने भएपछि चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन लामिछाने सँगै जान नपाउने भएका छन्।

यसअघि गत भदौमा पनि मुद्दाको पेसी परेकै कारण सन्दीप एसिया कप खेल्न टोलीभन्दा पछि जानुपरेको थियो। भदौ १० गतेका लागि पेसी तोकिए पनि त्यस दिन मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि उनी भोलिपल्ट ११ गते पाकिस्तान जान पाएका थिए।

चीनको हाङ्जाओमा जारी एसियन गेम्सको  शनिबार उद्घाटन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *