सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाडाैं। क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दाकाे सुनुवाइ स्थगित भएको छ। सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा नचढाेकाे हाे।
यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो। अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँट मात्रै इजलास बस्नेछ।
झन्डै ६ महिनादेखि एक वा अनेक बहानामा पटक पटक पेसी तोकिँदै आए पनि अन्तिम फैसला नभई सर्दै आएको छ।
गत असोज १ गते अगाडि लामिछानको सो मुद्दाको पेशी गत भदौ २१ गतेका लागि तोकिएको थियो। अन्तिम फैसला भनिएको उक्त पेशीका दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’ को यकिन जन्ममिति जनाउने कागज नभएकाले पुनः अर्को माग गर्ने आदेश दिए पछि त्यसपछि कुनै काम कारबाही अघि बढेको थिएन।
यसैबीच सन्दीप विरुद्धकाे मुद्दाका कारण चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन लामिछाने सँगै जान पाएनन्।
यसअघि गत भदौमा पनि मुद्दाको पेसी परेकै कारण सन्दीप एसिया कप खेल्न टोलीभन्दा पछि जानुपरेको थियो। भदौ १० गतेका लागि पेसी तोकिए पनि त्यस दिन मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि उनी भोलिपल्ट ११ गते पाकिस्तान जान पाएका थिए।
चीनको हाङ्जाओमा जारी एसियन गेम्सको शनिबार उद्घाटन गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment