कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ
धनगढी। कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको लम्की–चुहा नगरपालिका–१० सुतैयाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। करिब ३ सय २० मिलिग्राम लागुऔषधसहित प्रहरीले दुई जनालाई शनिबार राति पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही स्थानबाट २० वर्षीय दिपक चौधरी र २७ वर्षीय भुवन चौधरी रहेका छन्। बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment