तीन किलो सुनसहित फिलिपिनी महिला पक्राउ
काठमाडौं । प्रहरीले तीन किलो सुन सहित फिलिपिनी महिलालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलोग्राम सुनसहित फिलिफिनी महिला पक्राउ परेको विमानस्थल सुरक्षागार्ड प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार ती महिला दुबई हुँदै काठमाडौं आएकी थिइन्।
‘दुबईबाट काठमाडौं आउँदै गरेको फिलिपिनी नागरिक सुनसहित पक्राउ परेकी हुन्। बरामद भएको सुन झण्डै तीन किलोग्राम छ,’ डिआइजी चन्दले भने। उनको बारेमा थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।
दुई दिन अघि मात्रै दोलखाको लामाबगर नाकाबाट ३ किलो सुन सहित चार जना पक्राउ परेका थिए । त्यसअघि पनि सोही नाका हुँदै नेपाल आएको सुन बरामद भएको थियो । साउन २ गते विमानस्थल हुँदै करिब ६१ किलो सुन नेपाल आएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सो सुनबारे अनुसन्धान गरी जिल्ला अदालतमा मुद्धा बझाईसकेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment