गीता श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुन्छः डा सिके राउत

डिसी नेपाल
१८ असोज २०८० ७:४३
100
Shares

भक्तपुर। जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके रावतले श्रीमद्भागवतका कथा श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुने सुनाएका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका नेता राउतले साे कुरा बताएका हुन्।

बिशिष्ट अतिथिको रुपमा सहभागी भएका नेता राउतले भने श्रीमद्भागवतको कथा श्रवण गर्दा मात्र पनि मुक्ति प्राप्त हुने र पुण्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

यस्तो पुण्य प्राप्ति गर्ने सु-अवसर विजयमूर्ति महाराजश्रीले भक्तपुरबासीको आँगनमा ल्याइ पुरयाइदिएकोमा धन्यबादसमेत ब्यक्त गरेका छन्। जसकाकारण यसको भरपूर्ण प्रयोग गर्न उनले सुझाएका छन्।

त्यस्तै सम्बोधनको क्रममा नेता रावतले महाराजश्रीले गर्ने यो पुण्यको कार्यमा आफू सधै सहभागी हुने प्रणसमेत गरेका छन्। साउन ११ गतेदेखि सुरु भएको महायज्ञ साउन २७ गतेसम्म सञ्चालन हुँंदैछ। महायज्ञको क्रममा विभिन्न राजनीतिक दलका नेताहरु, धर्मगुरुहरु आउने कार्यक्रम रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *