कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : सासद गौतम
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनालाई बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै आज सांसद गौतमले गठबन्धन सरकारले देशको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे। अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार उत्तम विकल्प भएको उनको भनाइ छ।
सरकारमा काम गर्ने सोच नै नरहेको समेत उनको आरोप छ। ‘खाली झण्डा हल्लाएर मन्त्रीजीहरू गएरमात्र के नै हुन् ? अहिले मुलुक एकदमै अप्ठेरोमा अवस्थामा पुगेको छ,’ उनले भने।
उनले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरुलाई बेलैमा बिचार नगर्ने हो भने पछि पश्चातापको बाटो बाहेक अरु केही नरहने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment