नेपाली काङ्ग्रेस परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका कार्की बने महामन्त्री

डिसी नेपाल
१ कार्तिक २०८० १४:४५
200
Shares

काठमाडौं। नेपाली काङ्ग्रेस परित्याग गरि कास्की काङ्ग्रेसका नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन्। कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्।

पोखरामा ब्यबसायी र समाजसेबीको पहिचान बनाएका कार्की नेपाली काङ्ग्रेसको महासमिति सदस्य दिए। काङ्ग्रेसको बाह्राैं महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्बाचन समेत लडेका थिए।

महामन्त्री पदमा मनोनयन गरेपछी अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने बिश्वास समेत लिएको सामाजिक संजाल मार्फत प्रतिक्रिया दिएका छन्।

दशैं लगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *