कंगोमा मृत्यु भएका सैनिकको उदयपुरमा अन्त्यष्टि

डिसी नेपाल
४ कार्तिक २०८० १८:२२
896
Shares

काठमाडाैं। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि कंगोमा मृत्यु भएका एक सैनिकको शनिबार उदयपुरमा अन्त्यष्टि गरिएको छ। उदयपुरको त्रियुगा नगरपालिका १० निवासी प्युठ भुपजित राईको सैनिक सम्मानको साथ अन्त्यष्टि गरिएको हो।

नरसिंहदल गण शाान्ति सेना २९ औ डफ्फामा कार्यरत राईको असोज २६ गते कंगोमा मृत्यु भएको थियो। नेपाली सेना १८ नम्बर बाहिनी अड्डाका प्रमुख, सहायक रथी मनोज कुमार बैदवारले मृतक प्युठ भुपजित राईको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाएर सम्मान गरेका थिए।

कंगाेस्थित जिनामा कार्यरत राई विरामी परेपछि तत्काल उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा निजको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको सहायक रथी बैदवारले जानकारी दिए।

स्वर्गीय प्युठ भुपजित राईको शवलाई त्रियुगा नगरपालिका–११ रणशेर राई समाधीस्थलमा सेनाको टुकडीले अन्तिम सलामी दिएका थिए। मृतक राईको शव सैनिक हेलिकोप्टरद्धारा उदयपुर ल्याइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *