अध्यक्ष तिमिल्सिना आईपियुको १४७औं महासभामा भाग लिन एंगाेला प्रस्थान
काठमाडौं। अन्तर ब्यबस्थापिका संघ (आइपियु)को १४७ औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज बिहान एंगोला प्रस्थान गरेका छन्।
अफ्रिकी मुलुक एंगोलाको राजधानी लुवाण्डामा कातिक ६ देखि १०(अक्टोबर २३-२७) मा हुने १४७ औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर आज १.५५ बजे त्यस तर्फ प्रस्थान गरेका हुन्।
“शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता” भन्ने नाराका साथ सम्पन्न हुने महासभामा भाग लिन राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसदका महासचिब डा. भरतराज गौतम, सहसचिब बबिता मिश्र, उपसचिब त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारबिज्ञ(प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा पनि अध्यक्ष तिमिल्सिना सँगै त्यस तर्फ प्रस्थान गरेका छन्। उनीहरुलाई संघीय संसदका पदाधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गरे।
महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रबक्ता एकराम गिरीले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment