नेपाल वायु सेवा निगमद्वारा विमान खरिदका लागि प्रस्ताव आह्वान
काठमाडौं। नेपाल वायुसेवा निगमले विमान खरिदका लागि प्रस्ताव आह्वान गरेको छ। निगमले आइतबार सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आह्वान गरेको हो।
प्रस्ताव सूचना प्रकाशन भएको मितिदेखि डिसेम्बर ५, २०२३ को दिउँसो १२ बजेसम्ममा दर्ता गर्नुपर्नेछ। यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालका दुर्गम जिल्लाहरूमा हवाई सेवाको विस्तार गर्न र निजी कम्पनीहरूलाई मनपरी भाडा लिन रोक्न नेपाल एयरलाइन्सले विमान खरिद गर्नुको विकल्प नभएको बताएका थिए।
यसै वर्ष विमान खरिद गरी दुर्गम जिल्लाहरूमा सेवा विस्तार गर्ने जनाएको छ । हाल नेपाल एयरलाइन्सले दुई वटा ट्वीनटर विमानबाट सेवा दिँदै आएको जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment