तलब नपाएपछि आन्दोलनमा रहेका शिक्षक मृत फेला
वीरगञ्ज । बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन्। सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका हुन्।
उनी सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, कचोर्वामा कार्यरत थिए। उनी नगरपालिकाको वडा नम्बर ९ नयाँ बजारमा मृत अवस्थामा फेला परेको बारा प्रहरीको भनाइ छ।
उनको मृत्यु कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ। पराजुलीले विगत पाँच महिनादेखि तलब पाएका थिएनन्। उनी तलब नपाएपछि आन्दोलनरत थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment