बाग्मती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

डिसी नेपाल
१२ मंसिर २०८० २२:३५

काठमाडौं । शिवपुरीदेखि बग्दै आएको बाग्मती नदी र नदी तटमा रहेका पशुपतिनाथलगायत पवित्र मठ मन्दिरलाई स्वच्छ राख्ने विषयमा छलफल भएको छ ।

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव राजुकुमार खत्रीले आज आयोजना गरेको छलफलमा बाग्मती सफाइ महाअभियानका अभियानकर्मीको सहभागिता थियो । छलफलमा ढल व्यवस्थापन, फोहर व्यवस्थापन, गौरीघाट सौन्दर्यीकरण, ब्रह्मनालबाट गौरीघाटसम्म भक्तजन हिँड्ने कोरिडोर निर्माण, पशुपतिको प्रत्येक द्वारमा हिँड्ने बाटो स्तरोन्नतिलगायत विषयमा छलफल भएको बाग्मती सफाइ महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन, पशुपति क्षेत्रमा स्तरीय चमेना गृह एवं भोजन गृहको निर्माण, बाग्द्वारबाट पशुपतिनाथमा चढाउन स्वच्छ जल आपूर्तिका लागि पहल गर्ने विषयमा पनि छलफल भएको थियो । छलफलमा पूर्व मुख्यसचिव एवं बाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *