आजबाट थप ४ उच्च अदालतमा ‘भर्चुअल बहस’ सुरु

डिसी नेपाल
१४ मंसिर २०८० १४:५७

काठमाडौं। उच्च अदालतका चारवटा इजालसबाट भर्चुअल सुनवाई सुरु भएको छ।

जसअनुसार हेटौंडा, जुम्ला, महेन्द्रनगर र धनकुटासहित चारवटा इजलासमा आजबाट श्रव्यदृश्यमार्फत भर्चुअल सुनुवाइ शुरू भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो कार्यकक्षबाट भर्चुअल सुनवाईको आज उदघाटन गरेका छन्।

उच्च अदालत हेटौंडामा न्यायाधीश शान्ता सेढाइँ र निर्मला शाक्यको संयुक्त इजलासमा बिहीबार भएको भर्चुअल सुनवाई गरी आजको कार्यक्रम उदघाटन गरिएको हो ।

सो क्रममा चितवनका कानून व्यवसायी मदन दाहालले आफ्नो ल च्याम्बरबाटै हेटौडाको इजालसमा आफनो मुद्दाको बहस गरेका थिए । रुपेश ढुंगाना निवेदक रहेको लागूऔषध मुद्दामा उनले हेटौडा उच्च अदालतमा चितवनवाट भर्चुअल बहस गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *