कोप २८ मा ‘हिमालको पुकार’ प्रदर्शन

डिसी नेपाल
१९ मंसिर २०८० २०:०५

दुबइ । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ ।

वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल तीव्रगतिमा पग्लिँदा त्यसले जनजीवनमा पारेको असरलाई देखाइएको छ । जलवायु परिवर्तनका कारण मनाङ, मुस्ताङ, हेलम्बु, मेलम्ची, से फुक्सुण्डो, तराई मधेसका बाढी पहिरो र त्यसले पु¥याएको क्षति वृत्तचित्रमा समेटिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *