क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

डिसी नेपाल
२१ मंसिर २०८० १७:०३

काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा चिसंखुगढी गाउँपालिका–८ घर भई ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देही तिलोत्तमा नगरपालिका–२१ कोटिहवा घर भई काठमाडौं तारकेश्वर बस्ने २५ वर्षीय बिनोद न्यौपाने रहेका छन् ।

काठमाडौं उपत्यकाका क्यासिनोहरुमा हुने विभिन्न कृयाकलापहरूमाथि निगरानी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *