‘भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ’

डिसी नेपाल
२२ मंसिर २०८० २२:३५
20
Shares

लुम्बिनी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताएका छन् ।

नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उनले बताए । भारतीय दूतावास काठमाडौंले बुद्धजन्मस्थल लुम्बिनीमा आज आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल गौतबुद्ध र सगरमाथासँगै सीता र भृकुटीको देश भएको बताए । “हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्”, उनले भने, “त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो ।”

उनले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताए । नेपाली शास्त्रीय सङ्गीत, थारु नृत्य र अन्य विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो । नेपाल र भारतबीचको सम्बन्ध युगौँदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर सांस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.