चिसोले मध्य तराईको जनजीवन प्रभावित

डिसी नेपाल
२७ मंसिर २०८० ८:३१
60
Shares

वीरगञ्ज। आज बिहानैदेखिको बाक्लो हुस्सु र कुहिरो तराईका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ। पछिल्लो केहि दिनदेखि लगातार तराईमा जारी हुस्सुले अत्यधिक चिसो बढाएको छ।

चिसोले मध्य तराईको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ। वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ।

चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन्। अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ। शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिन थालेको छ।

चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रभावित बनेका छन् । चिसोबाट बच्न मध्य तराईमा दाउरा, मुढा, कोइला बालेर आगो ताप्न सुरु भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *