बारामा यात्रुवाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते
बारा। बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
कांकड्भिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नं को ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो।
उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटाैंडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment