बालकुमारी घटना : मृतक शाहको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने

डिसी नेपाल
१५ पुष २०८० १९:२०
56
Shares

धनगढी। सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपैयाँ दिने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुःखी भएको बताउँदै प्रदेश सरकारका तर्फबाट दुई लाख राहत दिने बताए। परिवारजनको पीडामा मल्हम लगाउन प्रदेश सरकारका तर्फबाट दुई लाख रुपैयाँ राहत दिइने उनको भनाइ छ।

आज नै शाहका ‘हत्यारा’लाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघि आफन्तले प्रदर्शन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *