मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । बैकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी घर भई काठमाडौंको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वर प्रसाद शर्मा रहेका छन्।
शर्माले बैकिङ कसुर मुद्दामा थुनामा रहेका जाहेरवालासँग कुरा गरी न्यायाधिशहरू आफ्नो सहपाठी भएको र जाहेरवालालाई सजिलै उक्त बैकिङ कसुर मुद्दामा कानुनी उन्मुक्ति दिलाउने भन्दै विभिन्न बैक खाता समेतमा रकम जम्मा गर्न लगाई १० लाख १६ हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार थापागाउँबाट पक्राउ गरेको हो।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment