जापानको नोटो क्षेत्रमा शक्तिशाली भूकम्पः आठ जनाको मृत्यु
काठमाडौं। जापानको पश्चिम तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ। जापानको नोटो क्षेत्रमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो।
भूकम्पले कानाजावा, वाजिमा र तोयामा शहर बढी प्रभावित भएका छन्। घर तथा भवनहरु भत्किएका छन् भने सडक र संचार सेवा अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकोले घाइतेहरुको विवरण आइ नसकेको बीबीसीले उल्लेख गरेको छ।
भूकम्पपछि हजारौ मानिसले खुला ठाउँमा रात बिताएका थिए। घर छाडेकाहरुलाई जापानी सेनाले खाना, पानी र ओढ्ने कपडाको व्यवस्था गरेको थियो।
भूकम्पपछि पनि थप केहीदिन परकम्प आउन सक्ने त्यहाँको मौसम पूर्वानुमान निकायले जनाएको छ। तर सुनामी आउन सक्ने चेतावनी भने हटाइएको छ। जापान भूकम्प गैरहने मुलुकका रुपमा चिनिएको छ। त्यहाँका संरचना भूकम्प प्रतिरोधी हुनाले यसको क्षति कम हुने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment