राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस

दिपा पौड्याल
२२ पुष २०८० ६:३५

काठमाडौं। सरकारलाई समर्थन दिएका साना दलहरुले पनि राष्ट्रिय सभा निर्वाचनमा आफुहरुले कम्तिमा एक सिट पाउनुपर्ने दावी गरेपछि सत्ता गठबन्धन भित्र सिट वाँडफाँट पेचिलो बन्दै गएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा लोकतान्त्रिक समाजबादी पार्टी लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जोनमोर्चा पार्टीले १-१ सिटको दावी लिएपछि गठबन्धन भित्र सिट बाँडफाँटको विषय थप सकसपूर्ण बनेको हो।

सत्तामा रहेका साना दलहरु सत्ता गठबन्ध बैठकबाट बाहिएपछि बैठक निश्कर्शविहीन बनेको छ। साना दलका नेताहरु बैठकबाट बाहिरिएपनि सत्तामा रहेका मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजबादी दलहरु नेताहरु छलफलमा रहेको कांग्रेस महामन्त्री गगन कुमार थापाले जानकारी दिए।

रिक्त १९ सिट मध्ये नेपाली कांग्रेसले ११ सीटमा दाबी गरिरहेको छ। यस्तै नेकपा माओवादीले ५ नेकपा एसले ५ सीटमा र जनता समाजवादी पार्टीले २ सीट पाउनुपर्ने दाबी गर्दै आएको छ।

पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको दिन नजिकिँदै गर्दा सत्ता गठबन्धन दलहरु सिटबाँडफाँटको कसरतमा जुटेका हुन्।

कुन प्रदेशमा कसको मतभार कति ?

निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार तोकेको छ। २०७८ सालमा भएको राष्ट्रिय जनगणनाबाट आएको नयाँ आँकडाका आधारमा मतभार परिवर्तन गरिएको छ।

आयोगले यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरेकोमा अहिले बढेर ५३ पुगेको छ भने स्थानीय तहका पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेकोमा १९ पुगेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशका ५ सय ५० प्रदेश सांसद र ७ सय ५३ स्थानीय तहका १ हजार ५ सय ६ जना प्रमुख तथा उपप्रमुख मतदाता छन्। नयाँ कायम मतभारअनुसार प्रदेश सांसद कुल मतभार २९ हजार १ सय ५० रहेको छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १४ हजार ३ सय ७ रहेको छ।

कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कुल ३ सय ६७ मतदाता रहेका छन्। यो प्रदेशमा एमालेको कुल मतभार ४ हजार २ सय १० रहेको छ। कांग्रेसको कुल मतभार ३ हजार ७ सय २२ मतभार रहेको छ भने माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ।

यस्तै, एकीकृत समाजवादीको ३ सय ४५, जनता समाजवादीको १ सय २९, राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ। कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन रहेकाले मतभार ५ हजार ४ सय ७४ छ। यस्तै, मधेस प्रदेशमा १ सय ७ प्रदेश सांसदको ५ हजार ६ सय ७१ मत र स्थानीय तहका २ सय ७२ जनप्रतिनिधिको ५ हजार १ सय ६८ गरी १० हजार ८ सय ३९ मत रहेको छ।

मधेस प्रदेशमा एमालेको कुल २ हजार ३ सय २ मतभार, कांग्रेसको ३ हजार १ सय ४, जनता समाजवादी पार्टीको १ हजार ८ सय १७, जनतम पार्टीको ७ सय ४६, लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ३३, माओवादीको ७ सय ६६, नेकपा एसको ५ सय ८०, नागरिक उन्मुक्ति पार्टीको ५३, राप्रपाको ५३, संघीय समाजवादीको ५३, तमलोपाको ५३ विवेकशील साझा पार्टीको ३८ र स्वतन्त्रको ३ सय ७५ मतभार रहेको छ। मधेसमा गठबन्धनसँग ७ हजार ९ सय ९९ मत देखिन्छ।

यस्तै, बाग्मती प्रदेशमा कुल प्रदेश सांसद १ सय १० को ५ हजार ८ सय ३० मतभार, स्थानीय तहका २ सय ३८ जनप्रतिनिधिको ४ हजार ५ सय २२ मतभार गरी कुल १० हजार ३ सय ५२ मतभार रहेको छ। यो प्रदेशमा कांग्रेसको कुल मतभार ४ हजार १३, एमालको २ हजार ५ सय ७१, माओवादीको २ हजार १ सय ९६ मतभार रहेको छ । यस्तै, नेकपा एसको ५ सय ४२, राप्रपाको ७ सय ८, हाम्रो नेपाली पार्टीको १ सय ६, नेमकिपाको १ सय ९७ र स्वतन्त्रको १९ मतभार रहेको छ। गठबन्धन सम्बद्ध दलसँग ६ हजार ७ सय ५१ मत देखिन्छ।

यता गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० जनाको मतभार ३ हजार १ सय ८० र स्थानीय तहका १ हजार ७ सय ९ जनप्रतिनिधिको मतभार ३ हजार २ सय ३० गरी कुल ६ हजार ४ सय १० रहेको छ। गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७ सय ४, एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ४१ मतभार रहेको छ । यस्तै, राप्रपाको १ सय ६, नेकपा एसको ७२, नेपपाको ५३, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्रको १९ मतभार रहेको छ।

गण्डकीमा गठबन्धनसँग ३ हजार ७ सय ७४ मतभार रहेको छ। लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्यको ४ हजार ६ सय ११ मतभार र स्थानीय तहका २ सय १८ जनप्रतिनिधिको ४ हजार १ सय ४२ मतभार गरी कुल ८ हजार ७ सय ५३ मतभार रहेको छ।

यो प्रदेशमा एमालेको २ हजार ८ सय १०, कांग्रेसको ३ हजार १ सय ७९, माओवादीको १ हजार २ सय ३७ मतभार रहेको छ। यस्तै, राप्रपाको २ सय ६९, नागरिक उन्मुक्ति पार्टीको २ सय १२, जसपाको २ सय ७३, लोसपाको २ सय ३५, जनमत पार्टीको १ सय ५९, नेकपा एसको ५३, राष्ट्रिय जनमोर्चाको १ सय २९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको १ सय ५९ मतभार रहेको छ। लुम्बिनी प्रदेशमा गठबन्धनसँग ५ हजार ४ सय ७७ मतभार छ।

कर्णाली प्रदेशमा कुल प्रदेश सभा सदस्य ४९ जनाको २ हजार १ सय २० मतभार रहेको छ भने १ सय ५८ जना स्थानीय तहका जनप्रतिनिधिको ३ हजार २ मतभार गरी कुल ५ हजार १ सय २२ मतभार रहेको छ। यो प्रदेशमा कांग्रेसको १ हजार ८ सय ६३ मतभार रहेको छ भने माओवादीको १ हजार ६ सय ५४, एमालेको १ हजार १ सय ४२, नेकपा एसको २ सय ४३, राप्रपाको ५३ र स्वतन्त्रको १ सय ६७ मतभार रहेको छ।

यो प्रदेशमा कुल ५३ जना प्रदेशसभा सदस्यको २ हजार ८ सय ९ मतभार रहेको छ भने १ सय ७६ स्थानीय तहका जनप्रतिनिधिको ३ हजार ३ सय ३४ मतभार गरी ६ हजार १ सय ५३ मतभार रहेको छ। जसमा सत्ता गठबन्धनको मत जोड्दा ३ हजार ७ सय ७ मत पुग्छ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसको २ हजार ६ सय ४१ मतभार रहेको छ भने माओवादीको १ हजार ५८, एमालेको १ हजार ४ सय ८० मतभार रहेको छ। यस्तै, नेकपा एसको ३ सय ७, नागरिक उन्मुक्ति पार्टीको ५ सय ४, राप्रपाको ५३ र स्वतन्त्रको १ सय १० मतभार रहेको छ। सुदूरपश्चिम प्रदेशमा गठबन्धनको मत ४ हजार ५ सय १० रहेको छ। यसले स्थानीय तह, चार प्रदेश र केन्द्रमा पहिलो रहेको कांग्रेस नेतृत्वको गठबन्धनको सबै प्रदेशमा पल्ला भारी देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *