सुनकाे मूल्य घट्यो
काठमाडौं। साताको दोश्रो कारोबार दिन सोमबार सुनचाँदीको भाउ घटेको छ। लगातार दुई दिन स्थिर रहेको सुनको भाउ आज ७०० रुपैयाँले घटेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ कायम छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार २५० रुपैयाँ खरिदबिक्री भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो।
सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनेबेच भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment