विमानमा यात्रु डेढ घण्टाभन्दा लामो यात्राभर ट्वाइलेटमा बस्न बाध्य, एयरलाइन्सले भाडा फिर्ता गर्ने

डिसी नेपाल
३ माघ २०८० १७:०४
452
Shares

काठमाडौं । मुम्बईबाट बेंगलुरुका लागि उडेको स्पाइसजेटको विमानको शौचालयमा एक यात्रु फसेका थिए । उनी यति नराम्ररी फसेका थिए कि उनलाई उडान अवतरण गरेपछि मात्र बाहिर निकाल्न सकियो । अब स्पाइजेटले असुविधाको सामना गर्ने यो यात्रुलाई भाडाको सबै पैसा फिर्ता दिनेछ।

यो सम्पूर्ण घटना मंगलबार भएको थियो । मुम्बईबाट एक यात्रु स्पाइसजेटको फ्लाइटमा बेंगलुरु जानका लागि चढेका थिए। यसैबीच, उनी शौचालय गए र एक घण्टा भन्दा बढीको यात्रा पूरा नभएसम्म त्यहाँबाट बाहिर निस्कन सकेनन्।

वास्तवमा, विमानको वाशरूमको ढोका यसरी अड्कियो कि खोल्नै सकिएन । ढोकाको ताल्चामा त्रुटि थियो र पूरै उडानमा धेरै प्रयास गर्दा पनि खोल्न सकिएन। विमान बेंगलुरुमा अवतरण गरेपछि इन्जिनियरको सहयोगमा यो ढोका खोलेर फसेका यात्रुलाई बाहिर निकालियो ।

स्पाइसजेटको एसजी–२६८ उडानमा यात्रुलाई पर्न गएको समस्याप्रति एयरलाइन्सले यात्रुसँग माफी मागेको छ । घटनापछि एयरलाइन्सले यात्रुलाई सम्पूर्ण यात्रामा मद्दत र निर्देशन दिएको दाबी गरेको छ ।

करिब १०० मिनेटको यात्रामा यात्रु फसेको थाहा पाएपछि चालक दलका सदस्यहरूले ढोकामुनिबाट एउटा नोट छिराएर यात्रुलाई सान्त्वनासमेत दिएका थिए । यस नोटमा लेखिएको थियो – ‘हामी ढोका खोल्न सक्दो प्रयास गरिरहेका छौं, तर ढोका खोल्न सकेनौं। चिन्ता नगर्नुहोस्, विमान केही मिनेटमा अवतरण हुनेछ।’

यात्रुलाई विमानका चालक दलका सदस्यले सान्त्वना दिइरहेका भए पनि मुम्बईदेखि बैंगलोरसम्मको यो यात्रा उनका लागि स्मरणीय बनेको छ । किनकी उनले टिकट किन्न पैसा खर्च गरेर आरामदायी यात्रा गर्ने अपेक्षा गरेका थिए तर कमोडको सिटमा बसेर पूरै यात्रा गर्नुपर्‍यो । तर, यस असुविधाका लागि माफी मागेपछि एयरलाइन्सले अब यात्रुलाई भाडाको रकम फिर्ता गर्ने भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *