भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

डिसी नेपाल
५ माघ २०८० ६:५८
124
Shares

काठमाडौं। पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

गुजरात राज्यको वडोदराको हर्नी तालमा भएको सो डुंगा दुर्घटनाको कारण भने खुल्न सकेको छैन। स्थानीय अधिकारीहरूका अनुसार डुंगामा करिब २७ जना सवार थिए।

डुबेको डुंगाबाट सात जनालाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएको प्रहरीले जनाएको छ। उद्धार कार्यमा खटिएका प्रहरीका अनुसार डुंगा यात्राका क्रममा पीडितहरूलाई लाइफ ज्याकेट प्रदान गरिएको थिएन।

गुजरातको राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ र दुर्घटनामा घाइते भएकाहरूलाई पचास हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *