सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा, के के छन एजेण्डा?

डिसी नेपाल
५ माघ २०८० ८:२९
180
Shares

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा बस्ने भएको छ। सभामा आर्थिक वर्ष २०७८-७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ। सभामा ६ जनाको बिच निर्वाचन गर्ने इन्स्योरेन्सले जनाएको छ।

साथै सभामा सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना प्रतिनिधित्व गर्ने र सर्वसाधारण समूहको तर्फबटा २ जना प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्नेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन।

सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *