माछापुच्छ्रे बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घट्यो
काठमाडौं। माछापुच्छ्रे बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको उक्त नाफाहरु घटेको हो। एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ जसले खुद नाफा प्रभावित भएको हो।
यसअवधिमा खुद नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ, सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँमा सीमित र खराब कर्जा १.२१ प्रतिशतले बढेर २.६२ प्रतिशत पुगेको छ।
यसैगरी, पुस मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक छ। चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसाले घटेर १३ रुपैयाँ ८६ पैसामा आएको छ। प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment