उत्तर कोरियाले समुद्रमुनि परमाणु हतियार परीक्षण गर्‍यो

डिसी नेपाल
६ माघ २०८० १०:१३
48
Shares

काठमाडौं । उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त अभ्यासको जवाफमा यस हप्ता आफ्नो “अण्डरवाटर आणविक प्रणाली” परीक्षण गरेको बताएको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशको पूर्वी तटमा आणविक हतियारले सुसज्जित एउटा पानीमुनि ड्रोन परीक्षण गरिएको जनाएको छ।

दक्षिण कोरिया र उसका सहयोगीहरूले अहिलेसम्म यो परीक्षणको प्रतिक्रिया दिएका छैनन्।

उत्तर कोरियाले हालैका हप्ताहरूमा सैन्य गतिविधिलाई तिब्रता दिँदा यस्तो भएको हो। उत्तर कोरियाले आइतबार नयाँ ठोस इन्धन भएको मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल तैनाथ गरेको दाबी गरेको छ ।

जनवरीको पहिलो साता दक्षिण कोरियासँगको सीमामा लाइभ फायर ड्रिल पनि गरिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उन पछिल्लो समय आफ्नो नीति र बयानबाजीमा झनै आक्रामक भएका छन् ।

पछिल्ला केही महिनामा उनले यस क्षेत्रमा शान्ति कायम गर्न भएका धेरै सम्झौताहरू अन्त्य गरेका छन्।

शुक्रबार उत्तर कोरियाले जापान, अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त अभ्यासबाट उत्तेजित भएको बताएको थियो, जसले गर्दा उसले “पानीमुनि आणविक प्रणाली” परीक्षण गरेको थियो।

उत्तर कोरियाले तीन देशबीचको संयुक्त अभ्यासले ‘क्षेत्रको स्थिति अस्थिरता’ निम्त्याउने आरोप लगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *