भारतमा साम्प्रदायिक द्वन्द्वको खतरा, बाबर रोडको बोर्डमाथि ‘अयोध्या मार्ग’ पोस्टर
काठमाडौं , हिन्दू सेनाका कार्यकर्ताहरूले नयाँ दिल्लीको बाबर रोडमा साइन बोर्डमा अयोध्या मार्ग पोस्टर टाँसेका छन्। तर, पछि प्रशासनले ती पोस्टरहरुलाई हटायो ।
हिन्दू सेनाका अध्यक्ष विष्णु गुप्ताले एक विज्ञप्तिमा भनेका छन्, ‘अयोध्यामा भगवान श्रीरामको मन्दिर निर्माण भएको छ । मन्दिरको अभिषेक २२ जनवरीमा हुँदैछ। यस्तो अवस्थामा अब दिल्लीको बाबर रोडको के उपयोग ? हाम्रा कार्यकर्ताहरूले यस सडकको नाम परिवर्तन गरेर अयोध्या मार्ग राखेका छन्।’
यसअघि पनि हिन्दू सेनाले मुगल शासकको नाममा राखिएका रुटको साइन बोर्डमा पोस्टर टाँसेको छ । हिन्दू सेनाले साइन बोर्डमा अयोध्या मार्गको पोस्टर टाँसेको भिडियो पनि जारी गरेको छ ।
तर, यो भिडियो सार्वजनिक भएको केही घण्टामै प्रहरीले साइन बोर्डमा टाँसिएका पोस्टर हटाएको थियो । एनडीएमसीका एक अधिकारीले आफ्नो तर्फबाट यस सम्बन्धमा प्रहरीलाई उजुरी दिइने बताएका छन्।







डिसी नेपाल







Facebook Comment