आइसीएफसी फाइनान्सले मुनाफा बढायो
काठमाडौं। आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म आइपुग्दा नाफा कमाएको छ। फाइनान्सले ५ करोड ३२ लाख रुपैयाँ नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमाएको हो।
उक्त नाफा गत वर्षको भन्दा ३५.८९ प्रतिशतले धेरै हो। यस फाइनान्सले गत वर्षको यसै अवधिमा ३ करोड ९१ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो। यसको खुद ब्याज आम्दानी १६.३९ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ३२.६८ प्रतिशतले बढेको छ। कम्पनीको सञ्चालन नाफा बढ्दा खुद मुनाफा बढ्न पुगेको हो।
हाल यस फाइनान्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा ६६ करोड ९८ लाख जम्मा छ। यस फाइनान्सको कस्ट अफ फण्ड ९.९९ प्रतिशत, एनपीएल २.२१ प्रतिशत, बेस रेट १२.२८ प्रतिशत रहेको छ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसाले बढेर ८ रुपैयाँ ९९ पैसा कायम भएको छ। गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६२ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७८ पैसा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment