इस्लामिक देशहरूको संगठन ओआईसीले राम मन्दिरको निर्माण र अभिषेकबारे के भन्यो ?

डिसी नेपाल
१० माघ २०८० १३:२४
968
Shares

काठमाडौं । इस्लामिक सहयोग संगठन (ओआईसी) ले अयोध्यामा राम मन्दिरको निर्माण र अभिषेकप्रति गम्भीर चासो व्यक्त गरेको छ।

ओआईसी महासचिवले एक विज्ञप्तिमा भनेका छन्, “भारतीय सहर अयोध्यामा जहाँ पहिले बाबरी मस्जिद भत्काइएको थियो त्यहाँ ‘राम मन्दिर’ निर्माण र यसको प्राण प्रतिष्ठा गम्भीर चिन्ताको विषय हो।”

एक प्रेस विज्ञप्तिमा, ओआईसीले भन्यो ‘ओआईसीको विदेश मन्त्री परिषदले अघिल्लो बैठकहरूमा व्यक्त गरेको विचार अनुरूप, सचिवालयले बाबरी मस्जिद जस्ता इस्लामिक स्थलहरूलाई ध्वस्त पार्ने यी कदमहरूको निन्दा गर्दछ। बाबरी मस्जिद पाँच शताब्दीसम्म एउटै ठाउँमा उभिएको थियो।’

जनवरी २२ मा प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरको अभिषेक गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भने, ‘आज हामीले शताब्दीयौंदेखिको धैर्यताको विरासत पाएका छौं । आज हामीले श्रीरामको मन्दिर फेला पारेका छौं। दासताको मानसिकता तोडेर उभिने राष्ट्रले यसरी नै नयाँ इतिहास रच्छ ।

अयोध्यामा राम मन्दिर निर्माणलाई लिएर लामो मुद्दा चलेको थियो र २०१९ मा सर्वोच्च अदालतले विवादित जग्गा एउटा ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । जसले त्यहाँ मन्दिर निर्माण गर्नेछ। यससँगै अदालतको आदेशमा मस्जिद निर्माणका लागि उत्तर प्रदेश सेन्ट्रल सुन्नी वक्फ बोर्डलाई ५ एकड जमिन दिइएको छ ।

सोमबारको सम्बोधनमा प्रधानमन्त्रीले राम मन्दिरबारे अदालतको फैसलाको पनि उल्लेख गर्दै न्यायको पर्यायवाची भगवान रामको मन्दिर पनि निष्पक्ष रुपमा निर्माण भएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *